scheduleबुधवार श्रावण २८ गते, २०७७

नेकपा स्थायी समिति पुनः एक साताका लागि स्थगित

काठमाडौं, २६ असार । सत्तारुढ नेकपाको स्थायी समिति बैठक पुनः एक साताको लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको लागि बोलाइएको बैठक पुनः ७ दिनका लागि स्थगित गरिएको हो ।

शुक्रबार प्रवक्ता श्रेष्ठले ट्वीट सन्देश जारी गर्दै बैठक स्थगित भएकोबारे जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टी पंक्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रीय कार्यालयको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित,’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय