scheduleबुधवार श्रावण २१ गते, २०७७

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २६ असार । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक शुक्रबार विहान जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा तनहुँका ८ जना, नवलपरासी पूर्वका २ जना तथा पर्वत, बाग्लुङ र गोरखाका १-१ जना छन् ।

योसँगै प्रदेशभर कुल संक्रमितको संख्या ११६२ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको भिमादका ४ जना पुरुष, ब्यासका ३ जना पुरुष र बन्दीपुरका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पर्वतको कुश्माकी एक महिला र बाग्लुङको गल्कोटको एकजना पुरुषमा पनि संक्रमण भेटिएको छ ।

 

 

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वको बौदिकालीका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी गोरखाको गोरखा नगरपालिकाका एकजना पुरुषमा पनि कोरोना भेटिएको छ ।

निर्देशनालयका प्रवक्ता विनोदविन्दु शर्माले दिएको जानकारीका अनुसार प्रदेशभर हालसम्म ६३३ जना कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय