scheduleबुधवार श्रावण २८ गते, २०७७

सुनको मुल्य घट्यो

काठमाडाैं, २६ असार । शुक्रबार  सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

बिहिबार  तोलामा ९२ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मुल्यमा  शुक्रबार तोलामा २०० ले कमि आएको हो ।

यस्तै, तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको छ । बिहिबार पनि चाँदी सोही मुल्यमै कारोबार भएको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय