scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

म्याग्दी बाढीपहिरो अपडेट : ३३ जना बेपत्ता, ३५ घर पुरिए

फाइल फोटो

म्याग्दी, २६ असार ।  बिहीबार रातिदेखि बाढीपहिरोमा परी जिल्लामा ३३ जनाभन्दा बढी बेपत्ता भएका छन् । विभिन्न स्थानमा गरी ३५ घर पुरिएका छन् भने जोखिममा परेका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पहिरोमा पुरिएर धौलागिरि गाउँपालिका–६ मराङमा २१, वडा नं ७ ताकममा ३, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ८ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता छन् ।

त्यसै गरी मराङमा २०, ताकममा ५ र बिममा १० घर पहिरोमा पुरिएका छन् । मालिका गाउँपालिका–४ देवीस्थानमा पनि ५ घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

राहुघाट खोलाको बाढीले रघुगंगा–८ मंगले क्षेत्रमा ८ घरमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । म्याग्दी र राहुघाट खोलाको बाढीले जोखिम बढाएपछि सदरमुकाम बेनीको मंगलाघाटका ७ र रघुगंगा–३ गलेश्वरका २१ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay