scheduleबुधवार श्रावण २८ गते, २०७७

इंग्ल्यान्ड भ्रमणका लागि आयरल्यान्ड टोलीको घोषणा

काठमाडौं, २६ असार । यसै महिनाको अन्त्यमा सुरु हुने इंग्ल्यान्डविरुद्धको एकदिवसीय श्रृंखलाका लागि आयरल्यान्डले २१-सदस्यीय टोलीको घोषणा गरेको छ ।

शुक्रबार घोषित टोलीमा कप्तान एन्ड्रयु बालबिर्ने र उपकप्तान पल स्टर्लिङ सहित मार्क एडेयर, केभिन’ओ ब्राइन, विलियम पोर्टरफिल्ड, बोएड रान्किन, सिमी सिंह, हेरी टेक्टर, लोर्कान टकर, गेरी विल्सन समावेश छन् । त्यसैगरी कर्टिस केम्फर, पिटर चेज, गेरेथ डेलानी, जर्ज डकरेल, जोनाथन गार्थ, टायरन केन, जोश लिटल, एन्ड्यु माकबिर्ने, बेरी म्याकार्थी, जेम्स म्याकोलम, क्रेग योङ पनि टिममा सम्मिलित छन् ।

आगामी जुलाई ३० देखि इंग्ल्यान्डमा सुरु हुने एकदिवसीय श्रृंखलाका लागि आयरल्यान्डको टोली जुलाई १८ मा इंग्ल्यान्डका लागि प्रस्थान गर्ने छ । इंग्ल्यान्डसँग उसले तीन एकदिवसीय खेल खेल्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय