सोती घटनामा ज्यान गुमाएकाका परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग
रुकुम पश्चिम, २६ असार । रुकुम पश्चिमको चौरजहारि नगरपालिका ८ सोती घटनामा ज्यान गुमाएका परिवारलाई अमेरीकाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
गएको गत जेठ १० गते प्रेम सम्बन्धको विषयलाई लिएर नवराज विकसहित अरु ५ जनाको हत्या भएको थियो ।
अमेरिकामा रहेका नेपाली पत्रकारद्धय भोला आचार्य र दिनेशजंग शाहले अमेरिकामा संकलन भएको रकम मृतकको परिवारजनलाई उपलब्ध गराईएको हो ।
जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका नवराज विकसहित अन्य पाँच जनाको परिवारलाई प्रति परिवार ७० हजार रुपैयाँको दरले श्रद्धाञ्जली स्वरुप सहयोग उपलब्ध गराईएको बताईएको छ ।
घटनामा नवराजसँगै भेरी नगरपालिका ४ कै सन्दीप बिक सन्जु, गणेश वुढा मगर, सोहि नगरपालिकाको ११ नम्वर वडाका लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का टीकाराम नेपालीको ज्यान गएको थियो ।
६५ जना नेपालीहरुले जम्मा गरेको ४ लाख २० हजार ज्यान गुमाएकाका ६ जनाको परिवारलाई हस्तान्तरण गरिएको हो ।