scheduleशनिवार श्रावण २४ गते, २०७७

अख्तियारकाे अनुसन्धान अधिकृत भन्दै करोडौँ ठग्ने ज्योतिष बताउने अर्जुन क्षेत्रीसहित ९ जना पक्राउ

काठमाण्डौं, २६ असार । जग्गा व्यवसायीसँग गैरकानुनी लाभ लिएको आरोपमा आफूलाई ज्योतिष बताउने अर्जुनकुमार थापा क्षेत्रीसहित विभिन्न नौ जना पक्राउ परेका छन् ।

काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका-२ चपलीका जग्गा व्यवसायीसँग अख्तियारमा उजुरी परेको भन्दै धम्की दिने उनीहरुलाइ पक्को पाइएको छ ।

आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले आफूलाई ज्योतिष बताउने अर्जुनकुमार थापा क्षेत्री, विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शङ्करविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेललाई बिहीबार पक्राउ गरिएको हो ।

आरोपीमाथि आयोगमा उजुरी परेको छ भनी आपराधिक लाभ लिन खोजी मोबाइल फोनबाट सूचनाकर्तालाई पटकपटक मिसकल गरेको, फोन रिसिभ गर्दा आफूहरु अनुसन्धान अधिकृत भनेको पाइएको छ ।

उनीहरुले आयोगमा उजुरी परेको, अनुसन्धान प्रक्रिया जारी रहेको, अनुसन्धान रोक्ने भए मलाई भेटनुस् भन्नेजस्ता एसएमएस पठाएको, फोन गरी भेट्न बोलाइ डर धम्की दिएको पाइएको अख्तियारले जनाएकाे छ।

उनीहरुलाइ थप अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा लगिएकाे छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय