scheduleबुधवार श्रावण २८ गते, २०७७

चितवनमा थपिए एकजना संक्रमित

चितवन, २६ असार । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले शुक्रबार बेलुकी जारी गरेको प्रतिवेदन अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नं १९ का ४५ वर्षीय पुरुष रहेका छन् । उनी क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालमा असार २६ गते संकलित कुल १८३ स्वाब नमूनामध्ये एकजनाको रिपोर्ट पोजेटिभ आउँदा अन्य १८२ नमूनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले स्पष्ट पारेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय