scheduleबुधवार श्रावण २८ गते, २०७७

क्यारेबियन प्रिमियर लिग अगस्ट १८ देखि सुरु हुने

काठमाडाै‌, २७ असार । यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट अगस्ट १८ देखि ट्रिनिडाड एन्ड टोबेगोमा आयोजना हुने भएको छ । उक्त प्रतियोगिता सेप्टेम्बर २० सम्म चल्ने आयोजक समितिले शुक्रबार जनाएको छ । कोरोना महामारीपछि सुरु हुने यो पहिलो फ्रयान्चाइज लिग क्रिकेट हुनेछ ।

ट्रिनिडाडकाे स्थानीय सरकारले अनुमति दिएपछि उक्त प्रतियोगिता सुरु गर्ने बाटो खुलेको हो ।

आयोजकका अनुसार सबै टोलीहरू र अधिकारीहरूलाई एकै होटलमा राखी क्वारेन्टिनको कडा रुपमा पालना गरिनेछ । बाहिरबाट आउने खेलाडीलाई आआफ्नो देशबाट प्रस्थान गर्नुपूर्व र ट्रिनिडाडमा आगमनपश्चात् कोभिड१९ को पीसीआर टेस्ट गरिनेछ । प्रतियोगिताका सबै खेलहरु बन्द रंगशालामा खेलाइनेछ ।

ट्रिनिडाडमा कोरोना महामारी सुरुभएयता पहिलोपटक अन्तर्राष्ट्रिय उडानमार्फत खेलाडीहरु विभिन्न देशबाट आगमन गर्न लागेका हुन् ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने यस सिजन जमैका तलावाजबाट खेल्दै छन् । त्यसैगरी यस प्रतियोगितामा पहिलोपटक भारतीय खेलाडीको सहभागिता रहनेछ । भारतीय खेलाडी प्रवीण ताम्बेलाई ट्रिनबागो नाइट राइडर्सले ड्राफ्टमार्फत अनुबन्ध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय