scheduleबिहिवार श्रावण २९ गते, २०७७

पाकिस्तानी हिन्दू उत्पीडनको विरोधमा इस्लामिक कट्टरपन्थविरुद्ध जेनेभामा प्रदर्शन

एजेन्सी, २७ असार । पाकिस्तानमा अल्पसंख्यक हिन्दूको उत्पीडनको विरोधमा संयुक्त राष्ट्र संघको प्रधान कार्यालय जेनेभामा प्रदर्शन भएको छ । शुक्रबार संयुक्त राष्ट्र मानवअधिकार परिषदको ४४औं सत्र चलिरहेको बेला प्रर्दशन गरको हो ।

प्रदर्शनकारीले इमरान खान सरकारलाई समर्थन रहेको इस्लामिक कटरपन्थीको उत्पीडनको विरोध गरे ।

प्रदर्शनकारीका अनुसार पाकिस्तानमा रहेका हिन्दूमाथि भेदभाव भईरहेको छ । धार्मिक आधारमा हिन्दूको विरुद्वमा हिंसा भईरहेको छ । पाकिस्तानमा हिन्दूलाई अपहरण, यौन अपराध, आक्रमण र हत्याजस्ता जघन्य अपराधहरु हुँदै आएको छन् ।

पाकिस्तानी सांसद तथा नेताले समेत सार्वजनिक स्थलमा खुलेआम धार्मिक नकारात्मक सन्देश जारी गरेको पाइन्छ । साथै पाकिस्तानी कट्टरपन्थी इस्लामिक नेता त्यहा मन्दिर निर्माण गर्न विरोध गर्दै आएको छ । उनीहरुको अनुसार पाकिस्तान एक इस्लामिक मुलुक हो । यहाँ कुनै पनि हिन्दू मन्दिर बनाउन नसकिने बताइएको छ ।

हालै सिन्ध प्रान्तमा इस्लामिक भीडले हिन्दूहरुको एक मन्दिरमा तोडफोड गरी ध्वस्त बनाएको छ । यस्तो घटना इस्लामिक कट्टरपन्थीको इशारामा हुने गरको प्रदर्शनकारीको आरोप छ । जसलाई इमरान सरकारको समर्थनमा छ ।

हालमा पाकिस्तानको मानवअधिकार आयोगले मुलुकमा मानवअधिकारको अवस्था चिन्ताजनक रहेको बताएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय