scheduleबुधवार श्रावण २१ गते, २०७७

शनिबार पनि बैंक तथा बित्तिय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले असार २७ गते शनिबार र सो पछिका जुनसुकै सार्वजनिक बिदामा पनि राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरु खोल्न निर्देशन दिएको छ ।

विहीबार राष्ट्र बैंकले इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि एक एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

‘नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनको लागि मिति २०७७ असार २७ गते र सो पछिका जुनसुकै सार्वजनिक बिदामा समेत नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा बित्तीय संस्थाहरुका सम्पूर्ण राजस्व संकलन गर्ने शाखा/काउन्टरहरु एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु लगायत नेपाल क्लियरिङ हाउस लि. पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउनु हुन् यो सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय