scheduleशनिवार श्रावण २४ गते, २०७७

भारतमा कोरोना संक्रमणको गति अमेरिका र ब्राजिलमा भन्दा तीव्र

नयाँ दिल्ली, २७ असार । छिमेकी भारतमा संसारमा सबैभन्दा प्रभावित अमेरिका र ब्राजिलभन्दा तीव्र गतिमा कोरोना भाइरस फैलिइरहेको पाइएको छ ।
भारतमा कोरोना संक्रमणको तिव्रता ३.३ प्रतिशत रहेको छ । यो कोरोनाबाट प्रभावति अमेरिका र ब्राजिलभन्दा दुई गुणा बेसी हो ।

अमेरिकामा यो दर १.८ छ भने ब्राजिलमा १.९ प्रतिशत । तर भारतमा यो दल ३.३ छ । विश्वमा सबैभन्दा ज्यादा वृद्धिदर ४.७ प्रतिशत दक्षिण अफ्रिकामा भेटिएको छ ।

विशेषज्ञहरुका अनुसार भारतमा देखिएको यो वृद्धिदरले गम्भीर महामारीको संकेत गर्दछ ।

अमेरिका र ब्राजिलमा उत्कर्ष भनिएको धेरै भइसकेको छ । त्यहाँ उत्कर्ष भनिएको अवस्था लामो समयसम्म टिकिरहेको छ र नयाँ नयाँ रेकर्डहरु बन्न थालेको छ । भारतमा यही उत्कर्ष हो कि होइन भन्नेबारे कुनै पनि निकायले स्पष्ट पार्न सकेका छैनन् ।

अहिले दैनिक औसत संक्रमण हुने संख्या अमेरिकामा ५२,२२१, ब्राजिलमा ३०,६२८ र भारतमा २३,०८४ रहेको छ ।

हरेक दिन मृत्यू हुनेको संख्यामा भने ब्राजिल अगाडि रहेको छ । ब्राजिलमा दैनिक औसतरुपमा ८२५ मानिस मरिरहेका छन् भने अमेरिका यो संख्या ६०१ छ । भारतमा भने दैनिकरुपमा औसत ५४९ मानिसको मृत्यू भइरहेको छ ।

विशेषज्ञहरुका अनुसार कोरोना परीक्षणको पोजिटिभिटी दर ९.३४ को आसपास छ । हरेक २१ दिनमा बिरामीको संख्या डबल भइरहेको छ । उनीहरुका अनुसार बितेको २० दिनमा दिल्लीमा दैनिक संक्रमितको संख्यामा गिरावट भने आइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय