scheduleबुधवार श्रावण २८ गते, २०७७

पछिल्लो २४ घण्टामा २ लाख २८ हजार संक्रमित बढे

काठमाडौँ, २७ असार । विश्वमा कोरोना महामारीको फैलावट थप तीव्र हुन थालेको छ । विश्व स्वाथ्य संगठन (डब्लूएचओ) का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख २८ हजार १ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।

संगठनका अनुसार यसअघि जुलाई ४ मा एकैदिन २ लाख १२ हजार ३ सय २६ जनामा कोरोना संक्रमित बढेका थिए ।

संक्रमण सबैभन्दा तीव्र हुने राष्ट्रहरुमा अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिका रहेका संगठनले जनाएको छ ।

अहिलेसम्म विश्वभर एक करोड २४ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरले जनाएको छ ।

सेन्टरका अनुसार शुक्रबारसम्म कोरोना संक्रमणका कारण ५ लाख ५९ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ ।

कोरोनालाई जितेर घर फर्कने जनसंख्याको ६८ लाख नाघेको छ ।

कोरोनाबाट अमेरिकामा मात्र १ लाख ३४ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । त्यहाँ ३१ लाख ८२ हजार मानिस संक्रमणको चपेटामा परेका छन् ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा १८ लाख जनसंख्या संक्रमणको चपेटामा पर्दा ७० हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

छिमेकी भारतमा करिब ८ लाख मानिसमा संक्रमण देखिएको छ भने शनिबार बिहानसम्म भारतमा २१ हजार ६ सय ४ जनाको मृत्यु भएको छ । भारतमा करिब ५ लाख मानिस कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय