scheduleबिहिवार श्रावण २९ गते, २०७७

कोरोना कहरः चीनद्वारा खेलकूदका सबै पूर्वनिर्धारित अन्तर्राष्ट्रिय प्रतियोगिता रद्द

बेइजिङ, २७ असार । कोभिड-१९ महामारीको उद्गम स्थल मानिएको चीनले कोरोनामाथि विजय हासिल गरिएको विश्वास गरिएको थियो । तर, त्यहाँ पुनः कोरोना संक्रमितहरु भेटिन थालेपछि चिनियाँ सरकार सचेत हुन थालेको छ ।

बढ्दो संक्रमणलाई ध्यान दिँदै चीनले सन् २०२० का लागि तय भएका खेलकुदका सबै अन्तर्राष्ट्रिय प्रतियोगिता रद्द गर्ने निर्णय गरेको छ ।

चीनले सन् २०२० का लागि तय भएका सबै अन्तर्राष्ट्रिय खेलकुद रद्द गर्ने निर्णय गरेको हो । सन् २०२२ मा बेइजिङ र चङचियाकउ सहरमा आयोजना गर्ने तयारी रहेको विन्टर ओलम्पिकको ‘ट्रायल’ भने नरोक्ने चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

विश्व टेनिस संघ (डब्लुटिए)अन्तर्गत यस वर्ष चीनमा आयोजना हुने भनिएका ६ वटा प्रतियोगिता रद्द गरिएको चीनको खेलकुदसम्बन्धी प्रशासनका अधिकारीहरुले स्पष्ट पारेका छन् । चीनमा सन् २०२० मै एटिपीका पनि चारवटा अन्य प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

सन् २०२० मै निर्धारित गरिएका अन्य खेल प्रतियोगिताहरुमा चियामेन सहरमा अक्टोबरमा एसियन स्पोर्टस् क्लाइम्बिङ च्याम्पियनसिप र ग्वान्जाउमा डिसेम्बरमा आयोजित ब्याडमिन्टन वर्ल्ड टुरको फाइनल रहेका छन् ।

चीनको यो निर्णयले गत अप्रिलमा स्थगित भएको सांघाई ग्रान्ड प्रिक्स प्रतियोगिता यस वर्ष पुनः आयोजना हुने सम्भावना पनि सकिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय