scheduleमगलवार श्रावण २० गते, २०७७

पहिरोले अवरुद्ध रसुवागढी नाका जोड्ने सडक सञ्चालनमा कठिनाई

रसुवा, २७ असार । पहिरोका कारण शुक्रबार बिहानदेखि अवरुद्ध भएको रसुवागढी नाका जोड्ने सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको छ । पानी पर्ने क्रम जारी रहेको र पहिरो झरिरहेकाले सडक खुलाउन कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानी डाँडा र कुलुङमा पहिरो झरेर सडक अवरुद्ध भएकोमा तातोपानी डाँडाको पहिरो शुक्रबार नै पन्छाइएको पन्तले स्पष्ट पारे । ‘सडक खुलाउने प्रयास जारी छ’, उनले भने, ‘तर ठूलो भागमा पहिरो गएको र पहिरो झरिरहने भएकाले समस्या सिर्जना भएको छ ।

जिल्लाको अन्य सडक खण्ड अहिलेसम्म अवरुद्ध नभएको उनको भनाइ छ । पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे खण्ड र धुन्चे–स्याफ्रु खण्डमा सवारी सञ्चालन भइरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय