scheduleशनिवार श्रावण २४ गते, २०७७

पोखराका २ जनासहित गण्डकीमा थपिए १४ संक्रमित

पोखरा, २७ असार । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक शनिबार विहान जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा तनहुँका ४ जना, बाग्लुङ र स्याङ्जाका ३-३ जना तथा कास्की र म्याग्दीका २-२ जना छन् ।

असार २६ गते प्रदेश क्षयरोग केन्द्रमा २६७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३९ नमूनाहरुको परीक्षण भएकोमा १४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । योसँगै प्रदेशभर कुल संक्रमितको संख्या ११७६ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको बन्दीपुरका दुईजना पुरुष, शुक्लागण्डकी र ब्यासका १-१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी म्याग्दीको रघुगंगा र अन्नपूर्णका १-१ जना पुरुषमा पनि संक्रमण भेटिएको छ ।

स्याङ्जाको चापाकोट, कालीगण्डकी र वालिङका १-१ जना पुरुषमा पनि संक्रमण देखिदाँ बाग्लुङको बडीगाडका एकजना र गल्कोटका दुइजना पुरुषमा पनि संक्रमण भेटिएको हो ।

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्देशनालयका प्रवक्ता विनोदविन्दु शर्माले दिएको जानकारीका अनुसार प्रदेशभर हालसम्म ६३३ जना कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय