scheduleशनिवार श्रावण २४ गते, २०७७

म्याग्दी पहिरो अपडेट : १५ जनाको शव भेटियो

पोखरा, २७ असार । अविरल वर्षाका कारण शुक्रबार म्याग्दीमा गएको  बाढी र पहिरोमा परी हराइरहेकामध्ये अहिलेसम्म १५ जनाको शव फेला परेको छ । अझै पनि १५ जनाभन्दा बढी हराइरहेका र उनीहरुको खोजी कार्य जारी रहेको म्याग्दी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा धवलागिरी गाउँपालिकाका ९ जना, मालिका गाउँपालिकाका ५ जना र रघुगंगा गाउँपालिकाका १ जना छन् । मृतकहरुको सनाखत भने भइसकेको छैन ।

निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले म्याग्दीमा ठुलो जनधनको क्षति भएको छ । रघुगंगा गाउँपालिकाको पिप्ले र बेनी नगरपालिकाको घतान जोड्ने मोटरेबल पुल समेत रघुगंगा नदीले बगाउँदा सडक अवरुद्ध बनेको छ । म्याग्दीका अन्य ग्रामीण सडकहरुमा पनि पहिरोले क्षति पुर्‍याएको छ ।

यसैबीच अलपत्र परेकाहरुको प्रभु एअरको हेलिकपटरबाट उद्धार भइरहेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिएका छन् । वर्षा निरन्तर भइरहेपनि खोजी र उद्धारको काम भइरहको गृह मन्त्रालयले जनाएको छ ।

प्रभावित क्षेत्रमा मान्छे हिँड्ने बाटो समेत पहिरोले बगाएकाले केही समस्या भएपनि उद्धारको कामलाई निरन्तरता दिइएको गृह मन्त्रालयको विपत् व्यवस्थापन महाशाखाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय