किन सर्कार बाँध हाल्यौ कोशीमा, दुक्ख हाम्रो अर्कैको खुशीमा
गीत
झापा इलाम परासीका जङ्गे खम्बामुनि
बाउबाजेका जायजेथा सम्झिँदा मन रुनी
सुर्खेतै र बर्दियामा कर्णालीको भेल
वागमतीको विजुली त नैनीतालको रेल
पानीमुनि फुल पार्दा पन्छीले, किन हेक्का राखेनौ मान्छेले
किन सर्कार बाँध हाल्यौ कोशीमा, दुख्ख हाम्रो अर्कैको खुशीमा
माकालीको जन्मघर लिम्पियाको धुरा
कालीपारे दाइ नक्कले इन्द्रजाली कुरा
नौतुनाको पन्छीचरा कालापानी बास
देह्रादूनको फौजीकिरा लिपुलेकमा नाश
माकुरीले गुँड लायो नाकैमा, किन आँशु झर्दैन आँखैमा
किन सर्कार बाँध हाल्यौ कोशीमा, दुक्ख हाम्रो अर्कैको खुशीमा