scheduleबिहिवार श्रावण २९ गते, २०७७

लिभरपुललाई बर्नलीले बराबरीमा रोक्यो

काठमाडौं, २७ असार । सात खेलअगावै प्रिमियर लिग च्याम्पियन बनिसकेको लिभरपुल आज भएको खेलमा बराबरीमा रोकिएको छ । लिभरपुललाई उसकै घरेलु मैदानमा बर्नलीले १-१ को बराबरीमा रोकेको हो ।

लिभरपुललाई सुरुवाती अग्रता दिलाउने क्रममा एन्ड्रयु रोबर्टसनले ३४औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा १-० ले पछाडि परेको बर्नलीले ६९औं मिनेटमा बराबरी गोल फर्काएको थियो । उसका लागि जेय रोड्रिग्वेजले गोल गरेका थिए ।

बराबरीपछि लिभरपुलको ३५ खेलबाट ९३ अंक भएको छ र १०० अंकसम्म पुग्ने यात्रामा सामान्य धक्का लागेको छ । अब लिभरपुलले बाँकी ३ खेलमध्ये सबै जितेको खण्डमा १०२ अंकका साथ प्रिमियर लिगको एक सिजनमा सर्वाधिक अंक हासिल गर्ने टिमको रेकर्ड कायम गर्नेछ । हालसम्म म्यानचेस्टर सिटीले मात्र १०० अंक ल्याएर यो कीर्तिमान कायम गरेको छ ।

यसैबीच बराबरी पश्‍चात् बर्नली पनि एक स्थान माथि उक्लदैँ ५० अंकका साथ नवौं स्थानमा पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय