scheduleबिहिवार श्रावण २९ गते, २०७७

सेफिल्डविरुद्धको खेलमा चेल्सी चिप्लियो

काठमाडौँ, २८ असार । गएराति भएको प्रिमियर लिगमा चेल्सीलाई सेफिल्ड युनाइटेडले नमिठो झट्का दिएको छ । सेफिल्डको घरेलु मैदानमा भएको खेलमा चेल्सी ३-० गोलले पराजित भएको छ । सेफिल्डलाई सहज दिलाउन डेबिड गोल्डड्रिकले दुई गोल गरे ।

त्यस्तै ओलिभर म्याबर्नले एक गोल गरे । डेबिडले खेलको १८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ३३ औँ मिनेटमा ओलिभरले गोल गरे । खेलको पहिलो हाफमा दुई गोलको अग्रता बनाएको सेफिल्डले दोस्रो हाफमा पनि एक गोल गर्यो ।

डेबिडले व्यक्तिगत दोस्रो गोल गरे । यो हारसँगै चेल्सीलाई थप दबाब सिर्जना भएको छ ।

चेल्सी शिर्षचारमा स्थान सुरक्षित बनाउन खेलहरु जित्नै पर्ने दबाब रहेको छ । लिगको तेस्रो स्थानमा रहेको चेल्सीको ३५ खेलमा ८० अंक रहेको छ । त्यस्तै सानदार जित हात पारेको सेफिल्ड ५४ अंकका साथ लिगको छैटौँ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय