scheduleबिहिवार श्रावण २९ गते, २०७७

म्यानचेस्टर सिटीको सानदार जितमा रहिम स्टर्लिंगको ह्याट्रिक

काठमाडौँ, २८ असार । प्रिमियर लिगमा ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीले ५-० गोलको सानदार जित हात पार्न सफल भएको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा म्यानसिटीले प्रभावशाली जित हात पारेको हो ।

म्यानसिटीका लागि रहिम स्टर्लिंगले ह्याट्रिक गरे । उनले खेलको २१ औँ, ५३ औँ र ८१ औँ मिनेटमा गोल गरे । त्यस्तै ग्राबियल जेसस र बर्नानण्डो सिल्भाले एकएक गोल गरे ।

ब्राइटनले एक गोल पनि फर्काउन सकेन ।

व्याक टु व्याक फर्ममा देखिएको म्यानसिटीले आउने सिजनका लागि बलियो तयारी गरिरहेको जबाफ आफ्नो खेलमार्फत दिएको समिक्षकहरु बताउँछन् ।

यो जितसँगै ३५ खेलमा म्यानसिटीको ७२ अंक भएको छ ।

म्यानसिटी लिगको दोस्रो स्थानमा रहेको छ । त्यस्तै लिगको १६ औँ स्थानमा रहेको ब्राइटनको ३६ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय