scheduleबिहिवार श्रावण २९ गते, २०७७

रियल मड्रिडलाई पछ्याउँदै बार्सिलोना

काठमाडौँ, २८ असार । स्पेनिस लिग लालिगामा बार्सिलोनाले रियल भालाडोलिडविरुद्ध कठिन १-० गोलको जित हात पारेको छ । बार्सिलोनालाई जित दिलाउन एकमात्र गोल अर्टुरो भिडालले गरे । उनले खेलको १५ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलमा बार्सिलोना गर्ने अवसरहरु सिर्जना गरेको थियो तर, थप गोल गर्न भने सकेन ।

रियल मड्रिडलाई दबाब दिन र उपाधि दौडमा रहिरहन बार्सिलोनालाई गर वा मरको अवस्था रहेको छ । यो जितसँगै बार्सिलोनाले रियलसँगको अंकदुरी कम गरेको छ ।

बार्सिलोनाको ३६ खेलमा ७९ अंक रहेको छ । शिर्षस्थानमा रहेको रियलको ८० अंक रहेको छ । लिगको १४ औँ स्थानमा रहेको भालाडोलिडको ३६ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय