scheduleआइतवार श्रावण २५ गते, २०७७

एट्लेटिको मड्रिडको कठिन जित

काठमाडौँ, २८ असार । गएराति भएको स्पेनिस लिग लालिगामा एट्लेटिको मड्रिडले रियल बेटिसलाई १-० गोलले पराजित गरेको छ । एट्लेटिकोलाई जित दिलाउन डियगो कोस्टाले एकमात्र गोल गरे ।

खेलको ५७ औँ मिनेटमा मारियो हरमोसो रातो कार्ड पाएपछि एट्लेटिको १० जना खेलाडीमा सिमित भएको थियो । तर, खेलको ७७ औँ मिनेटमा कोस्टाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।

यो जितसँगै एट्लेटिकोको ३६ खेलमा ६६ अंक जोडेको छ ।

लिगको १३ औँ स्थानमा रहेको रियल बेटिसको ४१ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय