scheduleबिहिवार श्रावण २९ गते, २०७७

एटलान्टासँग पराजित हुनबाट जोगियो युभेन्ट्स, रोनाल्डोले गरे दुई गोल

काठमाडौँ, २८ असार । इटालियन लिग सेरी ए मा युभेन्ट्सले एटलान्टासँग दुईदुई गोलको बराबरी खेल खेलेको छ । खेलमा दुईपटक एटलान्टाले अग्रता लिएको थियो । तर, युभेन्ट्सले बराबरी गोल फर्काउन सफल रह्यो । खेलको १६ औँ मिनेटमा डुबान जापाटाले गोल गर्दै एट्लान्टालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५५ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । खेलको ८१ औँ मिनेटमा एटलान्टाका लागि रसलान मलोनोभस्कीले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, खेलको अन्तिम समयमा युभेन्ट्सले फेरि पेनाल्टी पायो जसलाई रोनाल्डोले सदुपयोग गर्यो ।

लिगलिडर युभेन्ट्सको ३२ खेलमा ७६ अंक भएको छ । लिगको तेस्रो स्थानमा रहेको एटलान्टाको ६७ अंंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय