scheduleबुधवार श्रावण २८ गते, २०७७

ट्रम्पले बाल्यकालदेखि अमेरिका बस्दै आएका प्रवासीलाई नागरिकता दिने

एजेन्सी, २८ असार । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल्यकालदेखि आफ्ना आमा–बुवासँग अमेरिकामा बस्दै आएका प्रवासीलाई नागरिकता दिने भएका छन् ।

ट्रम्पले शुक्रबार दिएको बयानमा ह्वाइट हाउसले प्रतिक्रिया दिँदै राष्ट्रपति गुणवत्तामा आधारित इमिग्रेशन प्रणाली स्थापित कार्यको प्रकिया चलिरहेको बताए ।

स्पेनिश भाषाको एक न्यूज च्यानल टेलीमैन्डोसँगको कुराकानीमा राष्ट्रिपति ट्रम्पले भने, ‘हामी इमिग्रेशनको एक कार्यकारी आदेश माथि काम गर्दैछौं । यसमा ‘डेफर्ड एक्शन फर चाइल्डहुड अराइवल्स’ (डीएसीए) कार्यक्रम सँग जोडिएको मानिसलाई नागरिकता दिने रुपरेखा तयार भइरहेको छ ।’

ट्रम्पले डीएसीसको बिषयमा थप्दै भने, ‘डीएसीए सम्बन्धित इमिग्रेसनको एक ठूलो विधेयकका हिस्सा बन्न गईरहेको छ । यो एक ठूलो बिल र धेरै राम्रो बिल हा । यो मेरिट आधारित बिल छ जसमा डीएसीए समावेश हुनेछ । यो खबर सुनेर मान्छेहरु खुशी हुनेछन् ।’

राष्ट्रपति ट्रम्प अभिव्यक्तिपछि ह्वाइट हाउसको तर्फबाट जारी बयानमा ‘बिलको मतलब यो होइन कि अवैध रुपबाट पसेकोलाई माफी हुन्छ’ भनेको छ ।

के हो डीएसीए कार्यक्रम ?
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले सन २०१२ मा डीएसीए कार्यक्रम लागू गरेका थिए । यी नीति अमेरिकामा बस्नको लागि परमिट हो जुन त्यो व्यक्तिको लागि थियो जो १६ बर्ष मुनिको उमेरमा गैर–कानुनी तरिकाबाट अमेरिका आएका थिए ।

यो कार्यक्रमको मुख्य शर्त यदि कुनै आपराधिक रेकर्ड छैन भने यो कार्यक्रम अन्तगर्त ती व्यक्तिले प्रत्येक दुई वर्षमा अनुमति नवीकरण गराउन पाउँछ ।

ट्रम्पको यो बयानपछि अब अमेरिकामा राजनीतिक घमासान शुरु भएको छ । टेक्सासका उनको आफ्नै पार्टीको नेता सीनेटर टेड क्रुजले यो कदमलाई गलत बताएका छन् ।

‘राष्ट्रपतिको कार्यकारी आदेशबाट नागरिकताको नयाँ बाटो बनाउने संवैधानिक अधिकार छैन,’ उनले भने।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय