scheduleशनिवार श्रावण २४ गते, २०७७

अमिताभ बच्चन र उनका छोरा अभिषेक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ, २८ असार । बलिउड लिजेण्ड अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनीहरुलाई हस्पिटल भर्ना गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । दुवै अभिनेताले आफुलाई कोरोना संक्रमण भएको जानकारी ट्वीटरमार्फत दिएका छन् । अभिषेकका अनुसार उनीहरुलाई माइल्ड सिम्टोम रहेको छ ।

४४ वर्षिय अभिषेकले भनेका छन्, ‘म र मेरो पिता दुवैजना कोरोना भाइरसबाट संक्रमित भएका छौँ । हामीहरुमा माइल्ड सिम्टोम देखिएको छ । दुवै जना हस्पिटल भर्ना भएका छौँ । हामीले सबै अधिकारी जानकारी दिएका छौँ र परिवारका सदस्य र अन्य स्टाफहरुको कोरोना परीक्षण गरेका छौँ । डराइहाल्नुपर्ने अवस्था रहेको छैन । धन्यवाद ।’

७७ वर्षिय अमिताभको अवस्था स्थिर रहेको तर, स्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय