scheduleशनिवार श्रावण २४ गते, २०७७

चितवनका ५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, २८ असार । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने सबैजना चितवनका हुन् ।

अस्पतालले आइतबार विहान जारी गरेको प्रतिवेदन अनुसार चितवनको भरतपुर महानगरपालिका वडा नं ५, १५, १६ र २४ का ४ पुरुष र एक महिला गरी ५ जनामा संक्रमण भेटिएको हो । उनीहरु सबै क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालमा असार २७ गते संकलित कुल १२९ स्वाब नमूनामध्ये पाँचजनाको रिपोर्ट पोजेटिभ आउँदा अन्य १२४ नमूनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले स्पष्ट पारेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय