scheduleबिहिवार श्रावण २९ गते, २०७७

प्रशिक्षक फ्रांक लाम्पार्ड दबाबमा

काठमाडौँ, २८ असार । सेफिल्डविरुद्धको खेलमा हार भागेको चेल्सी निकै दबाबमा देखिएको छ । मिडिया रिपोर्टका अनुसार चेल्सी शिर्ष चारमा पर्ने सम्भावना कम हुँदै गएको छ । तर, म्यानचेस्टर सिटीलाई प्रतिबन्ध लागेमा भने चेल्सीले च्याम्पियन्स लिग खेल्न पाउने सम्भावना पनि बलियो रहेको छ ।

तर म्यानसिटीले प्रतिबन्धबारे याचिका दायर गरिसकेको छ । उक्त विषयबारे निर्णय हुन बाँकी रहेको छ । शिर्ष चारका लागि लेस्टर सिटी, चेल्सी र म्यानचेस्टर युनाइटेडबीच कडा प्रतिस्पर्धा चलिराखेको छ ।

लिगको तेस्रो स्थानमा रहेको चेल्सीको ६० अंक रहेको छ । त्यस्तै चौथो स्थानमा रहेको लेस्टरको ५९ अंक रहेको छ । म्यानुको ५८ अंक रहेको छ ।

म्यानु र लेस्टरले एक खेल कम खेलेका छन् । यस सिजन च्याम्पियन्स लिग चेल्सी पर्न नसके प्रशिक्षक फ्रांक लाम्पार्डको जागिर पनि धरापमा पर्ने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय