scheduleबुधवार श्रावण २८ गते, २०७७

म्याग्दी पहिरोबाट २६ जनाको शव निकालियाे, १२ को हेलिकप्टरमार्फत जीवितै उद्धार

म्याग्दी, २८ असार । म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये २६ जनाको शव फेला परेको छ ।

मराङमा १८ जना र विममा ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

मराङको पहिरोमा परेर बेपत्ता भएकामध्ये सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुसा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र १८ वर्षीय प्रकाश केसीको मृत अवस्थामा शव भेटिएको हो ।

यस्तै ३३ वर्षीया हिरामति जुग्जाली, ७ वर्षीया करिश्मा जुग्जाली, ५ वर्षीया कन्चन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २० वर्षीया दिमा जुग्जाली, उनका ४ वर्षीया छोरी दिप्ती जुग्जाली र १ वर्षीय छोरा दिवान जुग्जालीको पनि शव भेटिएको छ ।

त्यस्तै मालिका–७, विमको पहिरोमा हराईरहेका ४० वर्षीय विष्णु पौडेल, ४ वर्षीया इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विरबहादुर नेपाली, उनकी ३ महिनाको छोरी निशा नेपाली, विष्णु नेपाली र सन्दिप नेपालीको मृत अवस्थामा शव भेटिएको छ ।

मराङमा गएको पहिरोमा परी घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । मराङ र विममा आएको पहिरोमा परेकामध्ये तीनजना जीवितै सम्पर्कमा आएको भए पनि अझै चारजना बेपत्ता भएका छन् ।

बेपत्तामध्ये ५१ वर्षीया जनिमा केसी, १६ वर्षीय सविन पुन, मालिका–७, विमको एलिसा केसी र खोलाले बगाउँदा मालिका–६, दरबाङका ४१ वर्षीय गीता रोका नभेटिएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते भएका सबैको प्रभु एअरको हेलिकप्टर र नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय