scheduleशनिवार कार्तिक ८ गते, २०७७

क्वारेन्टिनबाट निस्केको एक सातापछि बारामा एक वृद्धले गरे आत्महत्या

वीरगञ्ज, २८ असार बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले आत्महत्या गरेका छन् ।

राति खाना खाएर सुतेका महादेव ठाकुर बिहान अचानक मृत फेला परेका हुन् । क्वारेन्टिनमा बस्दा मानसिक रुपमा विक्षिप्त भएको र घर आएपछि आत्महत्या गरेको स्थानीयले बताएका छन् ।

महादेवको मानसिक अवस्था पहिलेदेखि नै कमजोर थियो । उनले आफूलाई कोरोना संक्रमण भएको भनेर गाउँलेहरुलाई भने पनि त्यो कुरा परिवारका सदस्यहरुले पत्तो पाएका थिएनन् ।

कोरोना महामारी शुरु हुनुअघि उनी भारतको बिहार राज्यअन्तर्गत पर्ने नरकटियागञ्जमा छोरीको घरमा गएका थिए । त्यहीँ रहेकै अवस्थामा लकडाउन शुरु भएपछि उनी त्यतै रोकिए । दुई महिना त्यता बसेपछि रक्सौलमा छोराको ससुरालीमा आएर १५ दिनजति बसेका थिए ।

वडा अध्यक्ष रामेश्वर प्रसाद साहलाई फोन गरेर घर आउने व्यवस्था मिलाइदिन आग्रह गरेपछि गाउँपालिकाले असार ८ गते एम्बुलेन्समार्फत् ल्याएर गाउँकै क्वारेन्टिनमा राखिएकाे उनका छोरा जितेन्द्रले भने ।

महादेवको शव कलैया अस्पतलामा पोष्टमार्टमका लागि लगिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay