scheduleशनिवार श्रावण २४ गते, २०७७

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

पोखरा, २८ असार । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक आइतबार विहान जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा तनहुँका ६ जना, पर्वत, बाग्लुङ र लमजुङका २-२ जना तथा नवलपरासी पूर्व, स्याङ्जा र गोरखाका १-१ जना छन् ।

योसँगै प्रदेशभर कुल संक्रमितको संख्या ११९२ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको ऋषिङका ३ जना पुरुष तथा ब्यास, भानु र शुक्लागण्डकीका १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी पर्वतको फलेबासर महाशिलाका १-१ जना पुरुषमा संक्रमण देखिँदा बाग्लुङको जैमिनी र ढोरपाटनका १-१ जना पुरुषमा पनि संक्रमण भेटिएको छ ।

नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाकी एक महिला र स्याङ्जाको भिरकोट नगरपालिकाका १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा लमजुङको मध्यनेपाल र बेशीसहरका १-१ जना पुरुष तथा गोरखाको सिरान्चोक गाउँपालिकाका १ जना पुरुषमा समेत संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

प्रदेशभर हालसम्म ७३६ जना कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय