scheduleआइतवार श्रावण २५ गते, २०७७

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो (नामावलीसहित)

फाइल फोटो

जाजरकोट,२८ असार । जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीटोलमा बिहीबार राती गएको पहिरोमा परी बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ ।
योसहित मृतकको संख्या १० पुगेको छ । पहिरोले दुई घर बगाउँदा पाहुन आएकासहित १२ जना बेपत्ता भएका थिए । पहिरोमा परी बेपत्ता ११ वर्षीय कमला सार्कीको शव आइतबार बिहान भेटिएको हो । कमला घटनामा परी मृत्यु भएकी कलु सार्कीकी छोरी हुन् ।

३८ वर्षीया कलु सार्की, उनकी १३ वर्षीय छोरी तिर्सा सार्की र उनका ६ वर्यीय छोरा सुभास सार्कीको मृत्यु भएको छ । घटनामा परी पाहुना आएका कुशे ९ चौराटाका १४ वर्षीय गौरी सार्की, १६ वर्षीया कविता सार्की, २० वर्षीया डिल्ली सार्की तथा १८ वर्षीय विरेन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । उनीहरु दिदीको घरमा पाहुन आएका थिए । पहिरोमा परी बारेकोट ४ का ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षीय छोरा अर्जुन सार्कीको मृत्यु भएको छ ।

गोपालकी श्रीमती ५० वर्षीया पुष्पा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की पहिरोमा बेपत्ता छन् । त्यस्तै बारेकोट ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने धुमा खोलाले बगाउँदा बेपत्ता छन् । जुनीचाँदे ११ का डिल्लीबहादुर चनारा  सानाखोलामा बेपत्ता छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय