scheduleसोमवार श्रावण २६ गते, २०७७

हिरासतमा रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि, हिरासत कक्ष सिल गरियाे

सुर्खेत, २८ असार । सुर्खेतमा हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बलात्कार आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएका ३६ वर्षीय पुरुषमा संक्रमण भेटिएपछि कार्यालयको हिरासत कक्ष पनि सिल गरिएको छ ।

आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएपनि अदालतले हिरासतमा रहेका सबैको पीसीआर परीक्षण गर्न निर्देशन दिएपछि उनीसँगै अरु ५ जनाको पनि असार २० गते स्वाब संकलन गरिएको थियो । अन्य पाँचजनाको रिपोर्ट भने नेगेटिभ आएको सुर्खेत प्रादेशिक अस्पतालले जनाएको छ ।

संक्रमित व्यक्तिलाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेसनमा राखिएको छ भने उनको सम्पर्कमा रहेका आफन्त तथा प्रहरीसहित २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागी पठाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय