scheduleआइतवार श्रावण २५ गते, २०७७

बबरमहलको सडकमा नेविसंघको प्रदर्शन- ‘नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’

काठमाडौँ, २८ असार । इन्धनमा गरिएको मूल्यवृद्धिको विरुद्धमा  नेविसंघले काठमाडौंको बबरमहलमा आइतबार प्रदर्शन गरेको छ ।

बबरमहलको सडकमा झन्डा र ब्यानरसहित कालोपट्टि बाँधेर उपस्थित भएका प्रदर्शनकारीले ‘नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै प्रदर्शन गरेका हुन्  ।

उनीहरुले संकटका बेलामा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै फिर्ता गर्नुपर्ने माग गर्दै सडकमा आएको बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँको दरले बढाएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय