scheduleशनिवार श्रावण २४ गते, २०७७

बुटवल–भैरहवा रूटमा चले सार्वजनिक बस, ३० रुपैयाँ बढ्यो भाडा

 

बुटवल, २८ असार । मेट्रोसिटी प्रालिले एसी बस बुटवल–भैरहवा रूटमा सञ्चालनमा ल्याएको छ ।

बुटवल भैरहवा सडकमा साढे ३ महिनापछि सार्वजनिक यातायात सञ्चालनमा आएको हो । चैत्र ११ गते लकडाउन हुनुअघि ८ गतेदेखि सार्वजनिक यातायात बन्द भएका थिए ।

गृह मन्त्रालयले छोटो दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय गरी बस सञ्चालनमा ल्याएको मेट्रोसिटी प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिए ।

‘सरकारको निर्देशन बमोजिम सुरक्षा अपनाएर हामीले गाडी सञ्चालनमा ल्याएका छौं ।’ उनले भने

समिति मातहतमा ८ वटा एसी बस छन् । ती गाडी एक/एक घण्टामा छुटनेछन् । अब यात्रुले बुटवल भैरहवाको भाडा ९० रुपैयाँ तिर्नुपर्नेछ । सामान्य अवस्थामा यो रुटमा भाडादर ६० रुपैयाँ थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय