scheduleशनिवार कार्तिक ८ गते, २०७७

साउन १६ देखि ३३.९८ करोडको आइपीओ निश्कासन गर्दै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड

काठमाडौं, २८ असार । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले ३३ करोड ९८ लाखभन्दा बढीको आइपीओ निश्कासन गर्ने भएको छ ।

जलविद्युत आयोजना तथा कतिपय प्राथमिकता प्राप्त क्षेत्रका प्रोजेक्टहरुमा लगानी गर्ने उद्देश्यले स्थापना भएको उक्त कम्पनीलाई धितोपत्र बोर्डले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने अनुमति दिएको थियो ।

कम्पनिले यही साउन १६ गतेदेखि सर्वसाधारणमा उक्त रकम बराबरको शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने निर्णय गरेको हो ।

कम्पनीको चुक्तापूँजी १ अर्ब १३ करोड २६ लाख ८२ हजार १०० रुपैयाँ रहेको छ ।

बोर्डबाट स्वीकृति आएसँगै कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओ निश्कासन गर्नेछ ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

कम्पनीका अनुसार यस प्रकारको कम्पनीको यो नितान्त पहिलो प्राथमिक निष्काशन आइपिओ हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay