scheduleआइतवार श्रावण २५ गते, २०७७

पार्टी र सरकारविरुद्ध सर्वोच्च गुहारिन् निष्कासित सांसद गिरीले

काठमाडौँ, २८ असार । समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले पार्टी र सरकारविरुद्ध सर्वोच्च अदालत गुहारेकी छन् ।

उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीको नेतृत्व लगायतलाई विपक्षी बनाई रिट दायर गरेको सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए ।

समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको भन्दै उनले सर्वोच्चसमक्ष पुगेकी हुन् ।

नेपालको नक्सामा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि उक्त नक्सालाई निसान छापमा राख्नका लागि ल्याइएको विधेयकमा उनले संशोधन प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो ।

समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट उनी असार २५ गते बिहीबार निष्कासित भएकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय