scheduleबुधवार श्रावण २१ गते, २०७७

भारतमा अक्सिजनको अभाव हुन थाल्यो

काठमाडाैं, २८ भारत ।   भारतमा कोरोना भाइरस सङ्क्रमणमा तीव्रता आएसँगै अक्सिजनको अभाव हुन थालेको छ । विश्वकै तेस्रो कोरोना प्रभावित मुलुक भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित भएका बिरामीहरुलाई अक्सिजनको अभाव हुन थालेको हो ।

भारतका विभिन्न अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमितहरुलाई अक्सिजन अभाव हुँदा मृत्यु हुने जोखिम बढेको बीबीसीले जनाएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भेन्टिलेटरमा राख्नुपर्ने भन्दा पनि सङ्क्रमितलाई अक्सिजनको अभाव धेरै हुने हुँदा अक्सिजन उत्पादनका लागि विभिन्न उद्योगहरुलाई निर्देशन दिइएको बताएको छ ।

भारतमा हालसम्म ८ लाख ५४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या २२ हजार ७ सय नाघिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय