scheduleबिहिवार श्रावण २९ गते, २०७७

प्रिमियर लिग फुटबल : एभर्टनमाथि वाेल्भसकाे सहज जीत

काठमाडौं, २८ असार । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा वोल्भरह्याम्पटनले जीत हात पारेको छ । घरेलु मैदान मोलिन्योक्स रंगशालामा भएको खेलमा वोल्भसले एभर्टनलाई ३-० ले पराजित गरेको हो ।

वोल्भसको जीतमा राउल जिमेनेज, लियान्डर डेन्डनकर र डियाेगो जोटाले १-१ गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै जिमेनेजले वोल्भसलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवाती पहिलो मिनेटमै डेन्डन्करले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । त्यसैगरी ७४औं मिनेटमा जोटाले गोल गर्दै खेल ३-० को अवस्थामा पुर्‍याए ।

जीतसँगै ३५ खेलबाट ५५ अंक बनाएकाे वाेल्भस अंकतालिकाकाे छैटाैं स्थानमा यथावत् छ भने पराजित एभर्टन ४५ अंकसहित ११औं स्थानमा यथावत् छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय