scheduleशनिवार श्रावण २४ गते, २०७७

किन बाहिरिए साझा पार्टीबाट मुमाराम खनाल र सुर्यराज आचार्य ?

काठमाडौं, २८ असार । साझा पार्टीको जारी केन्द्रिय समिति बैठकमा अकस्मात पार्टी प्रवक्ता तथा नेता सुर्यराज आचार्य र नेता मुमाराम खनाललाई पार्टी बैठकमै धन्यवाद प्रस्ताव आयो ।

जारी सचिवालय र केन्द्रिय समिति बैठकमा अनुपस्थित रहेका प्रवक्ता आचार्य र खनाललाई किन धन्यवाद दिईयो भन्ने बैठकमा उपस्थितलाई नै जानकारी थिएन । तर, पार्टी केन्द्रीय समिती बैठक अगाडिदेखि नै खनाल र आचार्य असन्तुष्ट थिए ।

नेताद्वय पार्टीमा नरहने पक्का भएपछि नयाँ संस्कार सुरु गर्ने भन्दै उनीहरुलाई अहिलेसम्मको योगदानका लागि धन्यवाद प्रस्ताव ल्याइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यस अघि पार्टीको लुम्बिनी भेलामा पार्टी संरचनामा संयोजक मात्रै राख्ने र भ्रातृ संगठन नबनाउने उनीहरुको मागलाई पार्टीले बेवास्ता गर्दै पार्टीमा पदाधिकारी र केहि भ्रातृ संगठन गठन गरेको थियो ।

नयाँ र वैकल्पिक पार्टी कसरी बनाउने भन्ने विषयमा मतभिन्नता रहेपछि नेताद्वयले पार्टी छाडेको बैठकमा जानकारी दिइएको थियो । खनाल र आचार्यले पार्टीको संरचना भत्काएर संयोजक मात्र राखौं भन्ने प्रस्ताव थियो भने संयोजक रवीन्द्र मिश्र पक्षले नयाँ आधारमा राजनीतिक ध्रुवीकरण सुरु गरौं भन्ने प्रस्ताव राखेका थिए ।

यता साझा पार्टी र विवेकशील नेपाली दल पुनः एकीकरण हुने भन्दै दुवै दलले वार्ता सहजीकरण गर्न समिति बनाएका छन् । साझा पार्टीले हालैको केन्द्रीय समिति बैठकबाट विचार मिल्नेसँग एकता गर्न समिति बनाएको हो भने विवेकशीलले यस अघि नै सहजीकरण समिति बनाईसकेको छ ।

यसअघि संसदीय निर्वाचनमा साझा पार्टी र विवेकशील दल एउटै थियो । उक्त दलले बागमती प्रदेश सभामा ३ सांसद पाएको छ । त्यसअघिको स्थानीय निर्वाचनमा भने दुई पार्टी छुट्टाछुट्टै निर्वाचन लडेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय