scheduleबिहिवार श्रावण २९ गते, २०७७

एस्टन भिल्लाले बटुल्यो महत्त्वपूर्ण ३ अंक

काठमाडौं, २८ असार । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा एस्टन भिल्लाले महत्वपूर्ण जीत हात पारेको छ । घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै एस्टन भिल्ला ३ अंक बटुल्न सफल भएको हो ।

भिल्लाको जीतमा दुवै गोल ट्रेजेग्वेटले गरेका थिए । उनले पहिलो हाफको इन्ज्युरी समयमा र दोस्रो हाफको ५९औं मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका थिए । खेलको इन्ज्युरी समय सकिएपछि प्यालेसका क्रिस्चियन बेनटेकेले अनुशासनहीन व्यवहार देखाएका कारण रातो कार्ड पाएका थिए । उनले आगामी खेल गुमाउने छन् ।

यसै सिजन प्रिमियर लिगमा बढुवा भएको एस्टन भिल्ला रेलिगेसनबाट बच्न संघर्षरत रहेकाे छ । जीतसँगै भिल्ला ३५ खेलबाट ३० अंकसहित अंक तालिकाको १८औं स्थानमा उक्लिएको छ । पराजित प्यालेसको भने समान खेलबाट ४२ अंक छ र १४औं स्थानमा यथावत् छ ।

यसै सिजन बढुवा भएर आएको अर्को टिम नर्विच सिटी भने रेलिगेसनमा परिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय