scheduleमगलवार श्रावण २० गते, २०७७

जाजरकोटमा पहिरोमा हराईरहेकामध्ये ११ जनाको शव भेटियो

जाजरकोट, २८ असार । जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्की टोलमा पहिरोमा परी बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको छ

थप दुई जनाको शव फेला परेसँगै अहिलेसम्म शवको संख्या ११ पुगेको हो ।

पहिरोले गाउँमा झण्डै १५० परिवार विस्थापित भएका छन् ।

पहिरोमा हराइरहेकी मृतक गोपाल सार्कीकी १३ वर्षीया छोरी लक्ष्मी सार्कीकी र कलु सार्कीकी छोरी ११ वर्षीया कमला सार्कीको शव भेटिएको हो ।

पहिरोले दुई घर बगाउँदा पाहुना आएकासहित १२ जना बेपत्ता भएका थिए । बेपत्ता भएका ११ वर्षीया कमला सार्कीको शव आइतबार बिहान उद्धार टोलीले भेटेको थियो । लक्ष्मी सार्कीको शव केही बेरअघि मात्रै फेला परेको हो ।

दिदिको घरमा पाहुना आएका कुशे ९ चौराटाका १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, २० वर्षीया डिल्ली सार्की तथा १८ वर्षीय वीरेन्द्र सार्कीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख, डीएसपी किशोर श्रेष्ठले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय