scheduleशनिवार श्रावण २४ गते, २०७७

अरिङ्गाललाई जिउँदै जलाउन मौरीहरु यसरी समूहमा काम गर्छन्

एजेन्सी, २९ असार । अरिङ्गालहरु घातक हुन्छन् । यस्ता अरिङ्गाललाई माहुरीले कसरी जित्लान् ? सबैमा जिज्ञासा हुनु स्वभाविक हो । तर, जब अरिङ्गालले माहुरीमाथि हमला गर्छ, तब के गर्ने भनेर मौरीलाई थाहा हुन्छ । सयौंको संख्यामा कर्मी मौरीहरुले गोला बनाउँछन् र अरिङ्गालको वरिपरी झुम्मिन्छन् । यस्तो बेला त्यो मौरीको शरीरबाट निस्किएको एकमुष्ट तापले अरिङ्गाललाई जिउँदै जलाई दिन्छ ।

मौरीको त्यसप्रकारको तातो रक्षात्मक गोलालाई पहिलोपटक १९९५ मा जापानीज हन्नीबीमा व्याख्या गरिएको थियो । कामकाज मिसनमा लागेका मौरीहरुका लागि रक्षा पनि एक किसिमको विशेष काम नै हो ।

जब अरिङ्गाल मौरीलाई खान चाकामा हमला गर्छ, तब कर्मी मौरीको समूहले तत्काल बाहिरी घुसपेठीलाई घेरा हाल्छ । तब मौरीहरुले आफ्नो प्वाँखलाई फटफटाएर आधा घण्टामै ४६ डिग्री सेल्सियसको तापक्रम पैदा गर्दछ । अरिङ्गललाई सखाप पार्न यतिको तापक्रम पर्याप्त हुन्छ । मौरीले तत्कालै गोला बनाउनुपर्छ अन्यथा अरिङ्गालले उसको विशाक्त पदार्थलाई निकाल्छ जसले कर्मी मौरीहरुलाई आकर्षण गर्दछ ।

टोकियोस्थित तामाग्वा विश्वविद्यालयका किटविज्ञानशास्त्री आतसुसी उगाजिन मौरीको मूल्यको बारेमा अध्ययन गरिरहेका छन् । मौरीको गोलाबाट निस्कने तापले त्यसको जीवनकाललाई घटाउँछ कि घटाउँदै भनेर उनी खोजी गरिरहेका छन् ।

सो अध्ययनका लागि उनी तथा उनका सहकर्मीहरुले ३५० वटा जापानीकर्मी मौरीलाई रङ्गबाट पहिचान गरेर त्यसको उमेरलाई दिनमा गनेर रेकर्ड गरिरहेका छन् । त्यसपश्चात् अध्ययनटोलीले १५ देखि २० दिनबीचको मौरीलाई दुई समूहमा विभाजन गरेको थियो ।

एउटा समूह जसले तातो गोला बनाउँथ्यो र अर्को समूह ३२ डिग्री सेल्सियसको तापमानमा चाकाभित्र बस्दथ्यो । कर्मी मौरीहरु धेरै दिनसम्म बाँच्न सक्छन् । तातो गोलामा सहभागी नहुने सबै मौरीहरु १६ दिनपछि मरेका थिए भने गोलामा सहभागीहरु १० दिनभित्रै मरेका थिए ।

शरद ऋतुको समयमा अरिङ्गलले चाकामा हप्तामा ३० पटकसम्म हमला गर्छन् । यसैले मौरीमाथि अरिङ्गलको दोस्रो हमलाको बारेमा उगाजिनले अर्को प्रयोग गरेका थिए । उक्त प्रयोगमा पहिलो रक्षात्मक गोलामा सहभागी भएका मौरीहरुले दोस्रो रक्षात्मक गोला बनाउन पनि सहयोग गरेको पाइएको थियो ।

मौरीमा के कुराले कामकाजी स्वभाव विकास गराउँछ भन्ने कुरा अस्पष्ट रहेको बर्लिनस्थित फ्रि विश्वविद्यालयमा मौरीको अध्ययन गरिरहेका रान्डल्फ मेन्जेल बताउँछन् ।

मौरीले अपनाउने तातो गोला मात्र एउटा रक्षात्मक उपाय होइन अरिङ्गल धपाउने । केही मौरीका प्रजातीले त अझ चिसो गोला पनि बनाउन सक्छ जसले अरिङ्गाललाई निस्सासिने बनाउँछ ।

केही प्रजाति भने नाँच्ने गर्छन् जसले एकप्रकारको प्रकाश उत्पन्न गरेर अरिङ्गाललाई चेतावनी दिएर धपाउने काम गर्छ ।

युरोपमा पनि हालै ठूला अरिङ्गाल देखा परेका छन् । तर दुर्भाग्यवश युरोपका मौरीहरुले यस किसिमका रक्षात्मक रणनीति प्रयोग गर्दैनन् । यसकारण मौरी पालक कृषकले नै अरिङ्गाल धपाउने उपायहरु तथा उपकरणहरु प्रयोग गर्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय