scheduleसोमवार मंसिर १५ गते, २०७७

अभिनेत्री दिव्या चौकसेको २९ वर्षको उमेरमा निधन

एजेन्सी, २९ असार । बलिउडको लागि सन् २०२० काल सावित भईरहेको छन् । फिल्म उद्योगसँग जोडिएका विभिन्न हस्तीहरु गुमाएको बलिउडले पुनः  अभिनेत्री दिव्या चौकसेलाई गुमाएको छ । उनको आइतबारको निधन भएको हो ।

दिव्या क्यान्सरबाट पीडित थिइन् । उनले केही चलचित्र र सिरियलमा काम गरेकी थिइन् । दिव्याको निधनको पुष्टि उनी बहिनी सौम्याले आफ्नो फेसबुकमार्फत गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘मलाई दुःखको साथ बताउनु परेको छ कि दिव्या चौकसेको क्यान्सरको कारण निधन भएको छ । उनले लण्डनबाट एक्टिङ कोर्ष गरेकी थिइन । चलचित्र र सिरियलमा काम गर्नुको साथै उनी एक मोडल थिइन् । उनी आज हामीलाई छोडेर गइन् । ईश्वर उनको आत्माको शान्ति देऊन् ।’

दिव्याले आफ्नो इन्स्टाग्रामको अन्तिम पोष्टमा समेत लेखिकी थिइन् कि ‘म मृत्युको शैयामा छु, जीवनसँग हारेको छु तर यो हुने नै थियो । तपाईहरु मेरोमा जीवनमा ठूलो महत्व राख्नु हुन्छ यो कुरा केवल भगवान जान्दछ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay