scheduleबुधवार श्रावण २१ गते, २०७७

टोटनहमद्वारा आर्सनल पराजित

काठमाडौँ, २९ असार । गएराति भएको प्रिमियर लिगमा टोटनहमले सानदार कमव्याक गर्दै आर्सनललाई २-१ गोलले पराजित गर्न सफल भएको छ । टोटनहमको घरेलु मैदानमा भएको खेलमा आर्सनलले खेलमा अग्रता लिएको थियो ।

आर्सनलका लागि खेलको १६ औँ मिनेटमा अलेजेण्द्री लाकाजेटले गोल गर्दै अग्रता दिलाएका थिए । लगत्तै टोटनहमका हिंग मिन सनले बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफ एकएक गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ८१ औँ मिनेटमा टोबी एल्डरविरेल्डले टोटनहमका लागि गोल गरे ।

यो जितसँगै टोटनहम लिगको आठौँ स्थानमा उक्लिएको छ । टोटनहमको ३५ खेलमा ५२ अंक भएको छ । त्यस्तै लिगको नवौँ औँ स्थानमा रहेको आर्सनलको ५० अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय