scheduleबुधवार श्रावण २१ गते, २०७७

लेस्टर सिटीको लज्जास्पद हार

काठमाडौँ, २९ असार । प्रिमियर लिगमा लेस्टर सिटी बोर्नेमाउथसँग ४-१ गोेलले पराजित भएको छ । यस सिजनसुरुदेखि उत्कृष्ट खेल प्रदर्शन गरेको लेस्टर सिटीको खेल सिजनको अन्त्यतिर आउँदा निकै खस्किएको छ ।

शिर्ष चारमा स्थान बनाउन खेलहरु जित्नुपर्ने दबाब रहेको छ तर, लेस्टरले पछिल्ला खेलहरुमा अंक बारम्बार गुमाउँदै आएको छ । यसले चेल्सी र म्यानचेस्टर युनाइटेडलाई सहजै फाइदा पुग्ने भएको छ ।

लेस्टरका लागि जेम्मी भर्डीले खेलको २३ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा लेस्टरविरुद्ध बोर्नेमाउथले तीन गोल फर्काएको थियो भने एक गोल लेस्टरका जोनी इभान्सले आत्मघाती गोल गरेका थिए ।

बोर्नेमाउथका लागि डोमिनिक सोलंकेले दुई गोल गरेका थिए ।

जुनियर स्टानिसलसले एक गोल गरेका थिए । लिगको चौथो स्थानमा रहेको लेस्टरको ५९ अंक रहेको छ । रेलिगेशनबाट संघर्षरत बोर्नेमाउथको ३१ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय