scheduleबुधवार श्रावण २१ गते, २०७७

नापोलीसँग पराजित हुनबाट जोगियो मिलान

काठमाडौँ, २९ असार । गएराति भएको सिरी ए मा नापोली र एसी मिलानबीचको खेल दुईदुई गोलको बराबरीमा सकिएको छ । खेलमा मिलानले अग्रता लिएको थियो । खेलको २० औँ मिनेटमा थियो हर्नानडेजले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, खेलको ३४ औँ मिनेटमा जियोभानी डि लोरेन्जोले बराबरी गोल फर्काए । खेलको ६० औ मिनेटमा ड्राइज मर्टेन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाए ।

खेलको ७३ औँ मिनेटमा मिलानले पेनाल्टी पायो जसलाई सदुपयोग गर्दै फ्रांक केस्सीले गोल गरे । यो बराबरीसँगै नापोलीले ३२ खेलमा ५२ अंक जोडेको छ । नापोली लिगको छैटौ स्थानमा रहेको छ ।

त्यस्तै लिगको सातौ स्थानमा रहेको मिलानको ५० अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय