scheduleबुधवार श्रावण २१ गते, २०७७

भारतमा कोरोना भाइस, हालसम्म मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

काठमाडौँ, २९ असार । भारतमा कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । पछिल्लो वल्र्डवमिटरको रिपोर्ट अनुसार भारतमा कोरोनाका कारण २३ हजार १८७ जनाको मृत्यु पुगेको छ । त्यस्तै संक्रमितको संख्या ८ लाख ७९ हजार नाघेको छ । आइतबारमात्रै भारतमा २९ हजारभर संक्रमित फेला परेका छन् ।

आइतबारमात्रै ५०० जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

५ लाख ५४ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९००० संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय