scheduleबुधवार श्रावण २१ गते, २०७७

अमेरिकामा कोरोना भाइरस, एकैदिन ५८ हजारभन्दा बढी कोरोना संक्रमित फेला

काठमाडौँ, २९ असार । अमेरिकामा एकैदिन ५८ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो केही दिनयता लगातार अमेरिकामा ५० हजारभन्दा बढी संक्रमित फेला पर्दै आइरहेका छन् । संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अमेरिकामा कोरोना भाइरस नियन्त्रणबाहिर गएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हालसम्म ३४ लाख १३ हजारभन्दा बढी संक्रमितको संख्या पुगेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ३७ हजार ७८२ भन्दाबढी संक्रमितको ज्यान गइसकेको छ । आइतबारमात्रै ३८० जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

१५ लाख १७ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १६ हजारको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय