scheduleशनिवार श्रावण २४ गते, २०७७

प्रधानमन्त्री ओलीले गरे अमिताभ र उनको परिवारको शिघ्र स्वास्थ्य लाभको कामना

काठमाडौँ, २९ असार । बलिउड लिजेण्ड अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित भएपछि मुम्बईस्थित नानावती हस्पिटलमा भर्ना भएका छन् । उनीसँगै उनका छोरा अभिषेक बच्चन पनि सोही अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रधानमन्त्री के पी शर्मा ओलीले उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्वीट गर्दै अमिताभ र उनको परिवारको शिघ्रस्वास्थ्य लाभको कामना गरेका हुन् ।

अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्या कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको थियो ।

जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको थियो । हाल सबैको स्वास्थ्य स्थिति स्थिर रहेको बताइएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय